हराएकी नायिका अब निर्मात्री

  • बनाइन् ‘सुपर गोर्खे’

- साप्ताहिक संवाददाता

कार्तिक १६, २०७४- 

चलचित्र ‘नाइँ नभन्नु ल’मा अभिनेता जीवनको जोडी बनेर देखिएकी अभिनेत्री ऋचासिंह ठकुरीलाई दर्शकले उक्त चलचित्रमा मन पराए । तर, निर्माता निर्देशकले भने त्यति पत्याएनन् । कारण चलचित्र क्षेत्रमा आएको केहि समयमै यो क्षेत्रबाट हराईन् । पछिल्लो समय उनका दर्शकले उनलाई लगभग बिर्सिसकेका छन् । 

दर्शको मनबाट मेटिदै गएकी ऋचा अब भने निर्मात्रीका रुपमा आउँदै छिन् । हुन त पछिल्लो समय नेपाली चलचित्रका नायिका निर्मात्रीका रुपमा सिने बजारमा आउने क्रम निक्कै बाक्लिएको छ । यहि मौकामा ऋचाले पनि अबिर हाउस प्रोडक्सनबाट चलचित्र ‘सुपर गोर्खे’ लिएर आउने भएकी छिन् । 

राज थापाको निर्देशन रहेको चलचित्र ‘सुपर गोर्खे’मा ऋचासिंह ठकुरी नै मुख्य भूमिकामा देखिने छिन् । उनका श्रीमान राज थापा नै यो चलचित्रमा ऋचाको जोडीका रुपमा देखिने छन् । 

सुपर गोर्खेको टिजर 

प्रकाशित :कार्तिक १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्