‘फिर्के’को पोस्टर रिलीज

- साप्ताहिक संवाददाता

कार्तिक १६, २०७४-

‘ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’का दुई पोस्टर सार्वजनिक भएका छन् । पोस्टरसँगै चलचित्रको रिलिज डेट पनि सार्वजनिक भएको छ । आगामी पौष १४ गते यो चलचित्र रिलिज हुँदै छ । 

फिर्केमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा रवि डंगोलको निर्देशन रहेको छ । 

यसअघि ‘ईकु’ र ‘ईकु २’ चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेका छन् । यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ ।

बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस चलचित्रमा दुई गीत रहेका छन् । यसै साता एक गीत सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ । 

प्रकाशित :कार्तिक १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्