पहिलो पल्ट मिस युनिभर्समा नग्मा

- साप्ताहिक संवाददाता

कार्तिक १६, २०७४-

पहिलो मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ अमेरीका जाने भएकी छिन् । उनी आगामी नोभेम्बर ६ मा अमेरिका जाने भएकी हुन् । मिस नेपालको आयोजना गर्दै आएको ‘द हिडेन ट्रेजर’ले आफ्नो २२ औ मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा उनलाई अमेरिका पठाउने घोषणा गरेको हो ।

६६ औ मिस युनिभर्सका लागि अमेरिका जाने नग्माले अमेरिका जाने सम्पूर्ण तयारी पुरा गरेकी छिन् । 

राजधानीमा ‘प्रेस प्रिजेन्टेसन’को आयोजना गरेर उक्त कुराको जानकारी गराईएको हो ।

उक्त कार्यक्रममा नग्मा विभिन्न डिजाइनमा प्रस्तुत भएकी थिईन् । ६६ औँ मिस युनिभर्सको आयोजना अमेरिका स्थित लास भेगासमा आउँदो नोभेम्बर २६ मा हुँदैछ । उक्त प्रतियोगीता सञ्चालन भएको २३ वर्षपछि नेपालका तर्फबाट नग्माले पहिलो पटक सहभागिता जनाउँन लागेकी हुन् । 

 

प्रकाशित :कार्तिक १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्