स्वरुपको सानो संसारमा आरती आएपछि

- साप्ताहिक संवाददाता

कार्तिक १६, २०७४- 

नेपाली सुगम संगीतका चर्चित गायक स्वरुपराज आचार्यले नयाँ बस्ति बसाउने भएका छन् । मोडल आरती थापालाई उनले त्यो नयाँ बस्तिमा आईदिन आग्रह समेत गरेका छन् । उनको यो आग्रह नयाँ गीतको म्यूजिक भिडियोमा देखिएको हो । ‘हाम्रो सानो संसार’ बोलको नयाँ गीतको म्यूजिक भिडियोमा उनको यो आग्रह देखिएको हो ।

प्रकाश जंग कार्कीको शब्द तथा तथा किरण पहाडीको संगीत रहेको छ उक्त गीतको म्यूजिक भिडियोमा गायक आचार्यको फिललाई अभिनयमा प्रस्तुत गर्ने काम सुशन पाठक र आरती थापाले गरेका छन् । सुशन पाठक र आरती थापाको जोडीलाई म्यूजिक भिडियोमा कुमार केसीले निर्देशन गरेका छन् । विजय कुमार बस्नेत कार्यकारी निर्माता रहेको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन् भने सम्पादक अनुप सिवाकोटी हुन् ।

सानो संसारको म्यूजिक भिडियो 

प्रकाशित :कार्तिक १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्