विशेष शो मा तारिफ नै तारिफ

- साप्ताहिक संवाददाता

कार्तिक १५, २०७४- 

अहिले नेपाली चलचित्र क्षेत्रमा ‘ऐश्वर्य’को निक्कै चर्चा छ । चलचित्रको मियोका रुपमा लिएका अभिनेता रमेश उप्रेतीको भन्दा चलचित्रमा खलपात्रका रुपमा देखा परेका प्रशान्त ताम्राकार निक्कै चर्चा छ । त्यस्तै चलचित्र प्रचारका बेला निक्कै उचालिएकी दीपिका प्रसाईंलाई भन्दा प्रचारमा छायाँमा परेकी केकी अधिकारीको अभिनय चौतर्फी प्रशंसा भैरहेको छ । सोही चलचित्रको राजधानी स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा स्पेसल शो सम्पन्न भएको छ ।

सम्पन्न स्पेसल शो मा पूराना अभिनेता भूवन केसीदेखि संविधानविद् भिमार्जुन आचार्यसम्मले चलचित्र हेरे । सबैले चलचित्रको खुलेर तारिफ गरेका छन् । 

रमेश उप्रेतीको प्रस्तुतिमा तयार भएको चलचित्रमा रमेशसँगै प्रशान्त ताम्राकार, दीपिका प्रसाईं, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, बिकाश खतिवडा, तेन्जु योन्जन, केशब भट्टराई लगायतको अभिनय रहेको छ । 

 

 

प्रकाशित :कार्तिक १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्