पंकज र स्वस्ति मिष्टर एण्ड मिस टिन वल्र्ड

- साप्ताहिक संवाददाता

कार्तिक १५, २०७४-

राजधानिमा मिष्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०१७ नामक टिएनजरहरु सम्बन्धीत सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा पंकज सिंह ठकुरी र स्वस्ति वैद्यले मुख्य उपाधिमा बाजी मार्न सफल भएका थिए । पंकज र स्वस्ति दुवै जना वेष्ट वाक तर्फ पनि उत्कृष्ट ठहरिए । दुवै विजेता ब्राजिलमा संचालन हुने वल्र्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन् । पंकजले प्रतियोगितामा पर्सनालिटी र फोटोजेनिक विधामा पनि आफ्नो दर्ता गराए । साहिल खान र प्रिज्म प्रधान आयोजक रहेको यो प्रतियोगिता प्रिज्म मिडिया प्रा.लि.को सहकार्यमा एसएन इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा संचालन भएको थियो । 

प्रतियोगितामा सफल अग्रवाल र लुनिभा महर्जन फस्ट रनर अप तथा संजिव महर्जन र सलिना भित्रकोटी सेकेन्ड रनर अप चयन भएका थिए । कार्यक्रमका निर्देशक साएम सापकोटा अनुसार टिनएज अवस्थाका नेपाली युवा युवतीलाई आफ्नो ब्यक्तित्व र आत्मविश्वासलाई प्रतियोगितात्मक कार्यक्रम मार्फत् प्रभावकारी बनाउनमा सहयोग गर्ने र उनीहरुको प्रतिभालाई अन्तर्राष्ट्रिय मंच सम्म पुर्‍याउने हेतुले यो कार्यक्रम आयोजना गरिएको हो । नेपा: डान्स एकेडेमीका कलाकारहरुको नृत्य प्रस्तुति एवं गायक तथा संगीतकार काली प्रसाद बाासकोटाले सांगीतिक मनोरञ्जन प्रदान गरेको यो प्रतियोगितामा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेताद्वय सलोन बस्नेत र कोशिश क्षेत्री, पूर्व मिष्टर नेपाल सन्दीप क्षेत्री तथा मोडलद्वय पूजा गिरी र प्रितम श्रेष्ठ कारंजीत निर्णायकको भूमिकामा थिए । 

प्रतियोगितामा संजीव महर्जन र कन्चन थापा ट्यालेन्ट, सफल अग्रवाल र आाचल श्रेष्ठ कन्जिनियालिटी, राहुल तुलाधार र करिना गोपाली चार्मिङ, सलिना भित्रकोटी र सफल अग्रवाल पपुलर, सविन के.सी. र पूजा नेपाली फेसबु च्वाइस, रवि श्रेष्ठ र सलिना भित्रकोटी भिअर च्वाइस, प्रज्ज्वल श्रेष्ठ र रसना श्रेष्ठ वेष्ट ड्रेस विधामा विजेता चयन भएका थिए । प्रतियोगितामा कन्चन थापा युवती तर्फ फोटोजेनिक र सलिफा गुरुङ युवतीतर्फ पर्सनालिटी विधामा उत्कृष्ट ठहरिएका थिए । 

 

प्रकाशित :कार्तिक १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्