रोहन भ्याईस अफ कपिलवस्तु

- मनोज पौडेल

कार्तिक १४, २०७४- 

कपिलवस्तुको तौलिहवामा सम्पन्न ‘भ्वाईस् अफ कपिलवस्तु’को उपाधी रोहन गुप्ताले जितेका छन् । अन्तिम प्रतिस्पर्धामा आफ्ना ४ प्रतिस्पर्धीलाई पछि पार्दै १५ वर्षे रोहनले उक्त उपाधि आफ्नो पक्षमा पार्न सफल भएका हुन् । 

पंछी प्रोडक्सन फिल्म हाउसले आयोजना गरेको ‘भ्वाईस् अफ कपिलवस्तु’को अन्तिम प्रतिस्पर्धामा हेलिना खान, रोजिना थापामगर र किशनलोप्चन तामाङ्ग क्रमश: दोस्रो, तेस्रो र चौथौं भएका छन् । जिल्लास्तरिय उक्त प्रतियोगीताका विजेताले १२ देखि ३ हजारसम्म नगद पुरस्कार जित्न सफल भएका छन् । साथमा विभिन्न गिफ्ट ह्याम्पर, शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र समेत प्रतियोगीलाई दिइएको छ । 

३ राउण्मा सञ्चालन भएको उक्त प्रतियोगीतामा जम्मा ३२ जनाले सहभागीता जनाएका थिए । सानो ठाउँमा राम्रो सम्भावना भएका धेरै प्रतिभा भएको भन्दै कार्यक्रमका निर्णयकले प्रशंसा गरेका छन् । 

 

प्रकाशित :कार्तिक १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्