ब्याक टु ब्याक मिलन चाम्स

- साप्ताहिक संवाददाता

कार्तिक १४, २०७४-

म्युजिक भिडियो हुँदै चलचित्रको निर्देशनमा लागेका मिलन चाम्सले पहिलो चलचित्र हँसियाबाट धेरथोर चर्चा पाए । त्यसपछि आएको वीरविक्रमले उनलाई अब्बल निर्देशकको कोटामा उभ्यायो ।

वीरबिक्रमपछि चाम्साको चर्चा यति धेरै भयो कि उनी अहिले एकपछि अर्को चलचित्र निर्देशन गरिरहेका छन् । ह्याप्पी डेजको निर्माणपछि ब्लाइण्ड रक्सको निर्माण पनि सकेर हाल बबीको छायांकनमा व्यस्त निर्देशक चाम्सले अर्को चलचित्र लिलिबिलीको छायांकनको तयारी पूरा गरिसकेका छन् ।

जबकी ह्याप्पी डेज र ब्लाइण्ड रक्स तयार भएर पनि सार्वजनिक प्रदर्शनमा आएका छैनन् । बबी निर्माणको अन्तिम चरणमा पुगेको छ । अब लिलिबिलीको छायांकनपछि चाम्स फेरी थप दुई चलचित्रको निर्देशनमा होमिदैछन् । मिलन चाम्सलाई हाम्रो प्रश्न, ‘चलचित्र निर्देशन मात्र गर्ने कि प्रदर्शन पनि गर्ने ब्रो ?’ 

 

प्रकाशित :कार्तिक १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्