सञ्जयको पुनरागमन

- एजेन्सी

कार्तिक १२, २०७४-

अभिनेता सञ्जय कपुरले अभिनयमा पुनरागमन गरेका छन् । यसपटक उनले चलचित्रको साटो सानो पर्दालाई रोजेका छन् । चलचित्रमा सफलता प्राप्त गर्न नसकेका सञ्जयले करिब १४ वर्षपछि अभिनयमा पुनरागमन गरेका हुन् ।

सोमबारदेखि स्टार प्लसबाट प्रसारण प्रारम्भ भएको नयाँ सिरियल दिल संभल जा जरामार्फत उनी दर्शकमाझ आउन थालेका हुन् । रमाइलो कुरा के छ भने उक्त सिरियलमा सञ्जयले २९ वर्षीय अभिनेत्री स्मृति कालरासँग रोमान्स गरेका छन् ।

उक्त सिरियलमा सञ्जय तथा स्मृतिका अतिरिक्त निक्की अनेजा पनि महत्वपूर्ण भूमिकामा छिन् । पारिवारिक सम्बन्धमा केन्द्रित यो सिरियलमा सञ्जय र स्मृतिले श्रीमान्–श्रीमतीको भूमिका निर्वाह गरेका छन् । ५२ वर्षीय सञ्जय तथा २९ वर्षीय स्मृतिबीचको रोमान्स पक्कै हेर्न लायक हुनेछ ।

 

प्रकाशित :कार्तिक १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्