मेला पसेपछि अशिष्माको मुटुमा आमेषको बास

- साप्ताहिक संवाददाता

कार्तिक १२, २०७४- 

कात्तिक २४ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘मेला’ को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक रोमान्टिक गीतको भिडियोमा अभिनेत्री अशिष्मा नकर्मी र अभिनेता आमेष भण्डारीलाई प्रस्तुत गरिएको छ । ‘यो मुटुमा अब तिम्रै’ बोल उक्त गीतमा पछिल्लो समय चलचित्र संगीतमा निक्कै लाकप्रिय संगीतकार अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको छ । गीतमा पुरुषोत्तम सुवेदी र स्वेच्छा ठकुरीको स्वर छ ।

सार्वजनिक  गीतको भिडियोमा मा दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी छ । चलचित्रमा यो जोडीका अलवा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका छन् । ३ साथी, उनीहरुको मित्रता, करिअरको उतारचढाव र विछोडको कथालाई चलचित्रले प्रस्तुत गरेको छ । मनोज के मरोडियाको लगानी रहेको चलचित्रका प्रस्तुतकर्ता हरि पन्त हुन् । बसन्त निरौलाले यो चलचित्रको निर्देशन गरेका छन् । 

गीतको भिडियो 

प्रकाशित :कार्तिक १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्