एलिजाका चौथा नायक

- साप्ताहिक संवाददाता

कार्तिक ११, २०७४-

निर्मात्री तथा अभिनेत्री एलिजा गौतमले आफ्नो लगानीको पहिलो चलचित्र अनुराग छायांकनमा नजाँदै आफ्ना जोडी अर्थात् नायकलाई चौथो पटक परिवर्तन गरेकी छिन् । पहिलो पटक मोडल दीपक घिमिरेलाई नायक बनाउँदै तामझामका साथ चलचित्रको घोषणा गरिएको थियो ।

यद्यपि पारिश्रमिकमा कुरा नमिलेपछि दीपक उक्त चलचित्रबाट बिदा भए । दीपकले चलचित्र छाडेपछि एलिजाले निर्देशक सत्यराज चौलागाईंको सहयोगमा अभिनेता सलोन बस्नेत तथा पल शाहलाई उक्त भूमिकाका लागि प्रस्ताव गरिन् । सलोनले प्रस्ताव नै अस्वीकार गरिदिए भने दसैंअघिसम्म पलले उक्त चलचित्रमा अभिनय गर्ने करिब–करिब तय थियो ।

यद्यपि चलचित्र छायांकनमा नजाँदै पलले पनि उक्त भूमिका निर्वाह नगर्ने भएपछि एलिजाले नायकका रूपमा नयाँ अनुहारलाई अघि सारेकी छिन् । छठपछि छायांकनमा जाने यो चलचित्रमा अब समुद्र पण्डित नायक हुने कुरा बताइएको छ । क्यामेरा खुल्नुअघि नायकका रूपमा अर्का एक नयाँ अनुहार आउने पो हुन् कि ?

 

प्रकाशित :कार्तिक ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्