ऐश्वर्यको आक्रामक व्यापार

- साप्ताहिक संवाददाता

कार्तिक ११, २०७४-

कार्तिक ९ अर्थात् छठ पर्वको विदा छोपेर प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ ले सुरुवाती व्यापार आक्रामक गरेको छ । कलाकारको रुपमा लामो समय विताएका रमेश उप्रेतीको निर्माणमा डेब्यु रहेको यो चलचित्रलाई दर्शकले रुचाएपछि रमेश उत्साहित देखिएका छन् ।

शुक्रबारबाट नयाँ चलचित्र हलमा लाग्ने परम्परालाई भंग गर्दै बिहिबारबाटै रिलिज भएको चलचित्रले बिहानी शो मा ८० देखि ९० प्रतिशत अकुपेन्सी मिलेको थियो भने त्यसपछीको शो मल्टिप्लेक्सका हल क्युएफएक्स, बिग मुभिज, क्युज सिनेमा, एफक्युब लगायत गोपी कृष्ण, गुण सिनेमा, अष्टनारायण पिक्चर्स लगायत मोफसलको मुख्य स्टेसन पोखरा, नारायणगढ, हेटौडा र पुर्वका स्टेसनमा हाउसफुल भएको थियो । 

वितरक डिसीएनले दिएको जानकारी अनुसार चलचित्रले उपत्यकामा २८ लाख ८६ हजार १०७ रुपैयाको ग्रस कलेक्सन गरेको छ भने मोफसलमा १९ लाख ३० हजार ५७५ को ब्यापार गर्न सफल भएको छ । पहिलो दिनको टोटल ग्रस कलेक्सन ४८ लाख १६ हजार ६ सय ८२ गरेको छ । राजधनीमा आयोजित प्रेस शो मा यसलाई अधिकाासले रुचाएका छन् । 

विशेष गरि चलचित्रको मेकिङको चर्चा निकै भएको छ भने फिल्ममा बोलिएको संवादले पनि दर्शकको तालि पाएको छ । आयोजित प्रेस शो मार्फत फिल्मका भिलेन प्रशान्त ताम्राकार अभिनेत्री केकी अधिकारी र डेब्यु गर्ल दीपिका प्रसाईंले सबैको बधाई पाए । रमेशले पनि अघिल्ला फिल्म भन्दा राम्रो गरेको प्रतिक्रिया बटुलेका छन् तर दर्शकका लागि फ्रेस प्रशान्तनै केन्द्रविन्दुमा रहे । 

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा केकी, रमेश, प्रशान्त र दीपिकासंगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ । संगीतकार अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको तिमी रोएको पल गीतले पछिल्लो समय फिल्मलाई चर्चामा ल्याएको छ । यस गीतमा स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ ।

प्रकाशित :कार्तिक ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्