तस्बिरमा नागरिकता समस्या

  • एरिना र आशा

- साप्ताहिक संवाददाता

कार्तिक १०, २०७४

सन २००९ मा एसियाली विकास बैंकले गरेको अनुमान अनुसार नेपालमा करिब ३० देखि ५० लाखको हाराहारीमा १६ वर्ष उमेरमाथिका नेपालीहरूसँग नागरिकताको प्रमाणपत्र थिएन । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नागरिकता नहुँदा तीमध्येका ५१ जना पीडितले भोग्नुपरेको पीडा तस्बिरसहित उजागर गरियो । महिला, कानुन र विकास मञ्च तथा नागरिकताको समस्याबाट प्रभाविक व्यक्तिहरूको सञ्जालद्वारा आयोजित यो प्रदर्शनी गत बुधबार सम्पन्न भए पनि त्यसले राज्यलाई झकझाएको बताइन्छ ।

 

एरिना र आशा

कलाकार दम्पती एरिना ताम्राकार तथा आशा डंगोलको दुई फरक विषयको कला प्रदर्शनी पाटनस्थित यलमण्डला क्याफेको तेस्रो तलामा जारी छ । कलाकार ताम्राकारले ढुंगामा तयार पारिएका कला प्रदर्शन गरेकी छिन् भने चित्रकार आशा डंगोलले पौभालाई फ्युजन गरेर तयार पारिएका चित्रहरू प्रदर्शनीमा राखेका छन् । यो प्रदर्शनी दुई महिनासम्म चल्ने बताइएको छ ।  

 

प्रकाशित :कार्तिक १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्