अनाथ बालबालिकासँग सारिका

- साप्ताहिक संवाददाता

कार्तिक १०, २०७४- 

पछिल्लो समय जन्म दिनलाई विशेष रुपमा मनाउँने परम्परा झाँगीदै गएको छ । धेरैले आफन्तलाई जम्मा गरेर भोग गरेर जन्मदिन मनाउने गरेका छन् । तर, केहि समय यता आफ्नो जन्म दिन लाई विशेष मनाउन धेरैले विभिन्न सामाजिक क्षेत्रमा का मगर्ने गरेका छन् ।

बिहिबार मात्रै आफ्नो जन्म दिन मनाएकी अभिनेत्री तथा गायिका सारिका घिमिरेले पनि अनाथ बालबालिकासँग आफ्नो जन्म दिन मनाएकी छिन् । उनले राजधानीको नयाँ बानेश्वर संगम चोकमा रहेका ‘नयाँ नेपाल समाज केन्द्र’का बालबालिकासँग जन्म दिनको खुशी साटासाट गरिन । 

उनले केन्द्रमा रहेका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै खाना खुबाएर आफ्नो जन्मदिन मनाएकी हुन् । संस्थाका अध्यक्ष कृष्ण गुरुङले संस्थामा ७० बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषण तथा शिक्षा दिक्षा प्रदान गरिरहेको उक्त अवसरमा बताए ।

अभिनेत्री सारिकाले जन्मदिनको अवसरमा साथिभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको सुखानुभुती महसुस गरेको बताइन । ‘मैले गत वर्ष पनि यसै केन्द्रमा जन्मदिन मनाएकी थिए यस वर्ष पनि त्यसलाई निरन्तरता दिएकी हुँ’, उनले भनिन् ।

सोही अवसरमा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले संस्थाका अध्यक्ष कृष्ण गुरुङलाई केन्द्रमा नवनिर्मित पुस्तकालय निर्माणका लागि केही आर्थिक सहयोग पनि गरेका थिए । 

प्रकाशित :कार्तिक १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्