बुर्का प्रतिबन्धमा मस्कट

- एजेन्सी

कार्तिक ८, २०७४-

सम्भावित आक्रमणको जोखिम कम गर्न युरोपका केही देशले बुर्कामाथि प्रतिबन्ध लगाएका छन् । यो नियमलाई अष्ट्रियाले पनि लागू गरिरहेको छ ।

मुहार ढाकेर सार्वजनिक स्थलमा हिँड्डुल गर्न नपाउने यो नियमले इस्लाम धर्मावलम्बीलाई सबैभन्दा बढी अप्ठ्यारो भए पनि अहिले आएर व्यवसायीहरूलाई समेत समस्या पर्न थालेको छ । भियनामा खुलेको एप्पल कम्पनीको रिसेलर म्याकसर्क पसलको उद्घाटन एवं प्रचार–प्रसारमा प्रयोग गरिएको मष्टकलाई प्रहरीले पक्राउ गरेको छ ।

म्याक सार्क पसलको प्रचारमा सार्कको भेषभूषामा रहेका एक युवालाई प्रहरीले पहिले अनुहार छोप्ने वस्तु लगाएर हिँड्डुल नगर्न आग्रह गरेका थिए । उनले आफूले जागिर खाइरहेको र त्यसलाई हटाउन नमिल्ने जिद्धी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेर साढे १७ हजार रुपैयाँ जरिवाना गरेको थियो । 

 

प्रकाशित :कार्तिक ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्