नायिकाको गायनमा डेब्यु

- साप्ताहिक संवाददाता

कार्तिक ८, २०७४- 

अभिनेत्री जेनी कुवँर पनि अब गायिका भएकी छिन् । मंगलबार राजधानीमा  ‘छाईदेउ श्री हजुर मनमा’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेसँगै कुवँर औपचारिक रुपमा गायिका बनेकी हुन् । 

आफ्नै शब्द संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा दिपेन्द्र थपलियाको छायांकन तथा लोकेश ब्रजाचार्यको सम्पादन रहेको छ । अभिनेत्री कुवँरले नै म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । 

कुवँरले कार्यक्रममा बोल्दै जीवनका उषाकालमा अञ्जानमा सत्यलाई स्विकार गर्न नसकिएको भन्दै अब सत्यको बाटोमा लागेको बताएकी छिन् । हिजोका दिनहरुमा गरेका कामहरु, मैले अङ्ग देखाएर अभिनय गरेका भिडियोहरु चल्नकै लागि मात्र गरेकीरहेछु भन्ने लाग्छ, अङ्ग देख्नेले एकचोटी मनको चञ्चलता मेट्ने मात्रै हो, यसले खास रुप र कलाको सन्देश प्रवाह गर्न सक्दैन ।’ उनले आफ्नो गल्ती स्विकार गर्दै भनेकी छिन् । 

प्रकाशित :कार्तिक ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्