सुरु भयो ‘शत्रु गते’

- साप्ताहिक संवाददाता

कार्तिक ७, २०७४

मह सञ्चारको प्रस्तुति रहेको चलचित्र ‘शत्रु गते’ को छायांकन सुरु भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच मुहूर्त गरेसँगै चलचित्रको छायांकन प्रारम्भ भएको हो । प्रदीप भट्टराईले निर्देशन गर्ने यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, प्रियंका कार्की, पल शाह, आाचल शर्मा, मोहित आचार्य लगायतका कलाकारले अभिनय गर्ने छन् । 

राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहूर्त गरिएको यो चलचित्रको छायांकन भने वीरगन्जबाट सुरु गरिएको छ । निर्देशक भट्टराईले ५० दिनको सुटिङ सेडयुअलमा १५ दिन वीरगन्जमा खिचिएपछि बाँकी छायांकन काठमाडौंमा नै गरिने बताए । चैत ९ मा रिलिज मिति निश्चित गरी सुटिङ थालिएको ‘शत्रु गते’ कमेडी जानरामा बनाइन लागिएको हो । हरिवंशको कथामा दीपकराज र निर्देशक भट्टराईले ‘शत्रु गते’ को पटकथा तयार पारेका हुन् ।

कविराज गहतराजको नृत्य निर्देशन रहने चलचित्रमा राजनराज सिवाकोटीको एकल गीत रचना तथा संगीत रहनेछ । दीर्घ गुरुङले खिच्ने चलचित्रबाट मह सञ्चार झन्डै १२ वर्षपछि फिल्म निर्माणमा फर्किएको हो । यसअघि उक्त ब्यानरबाट ‘जे भो राम्रै भो’ बनेको थियो ।

प्रकाशित :कार्तिक ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्