के गरे कुस्त धन कमाइन्छ ?

- कृष्ण भट्टराई, सुव्रत आचार्य

कार्तिक ७, २०७४-

निकै गाह्रो प्रश्न, कुस्त धन कमाउन अझ गाह्रो छ । सजिलोसँग सरल तरिकाले कुस्त धन कमाउन नसकिएला । यसका लागि मास्टर प्लान चाहिन्छ, कि त कालोबजारी गर्नुपर्छ, तर त्यस्तो धन जसरी कमायो त्यसैगरी सकिन्छ भन्छन् । त्यसैले मनलाई नै कुस्त बनाऊँ । 

- रेखा पुरी, मोडल

इमान्दारिताका साथ काम गर्नुपर्छ, ढिलै भए पनि प्रगति हुन्छ । 

- रेनुका थापा, गायिका

राम्रो व्यवसाय गरे कुस्त धन कमाइन्छ । 

- बीपी वाग्ले, गायक

हिम्मत नहारी मेहनत गर्ने हो भने कुस्त धन कमाउन सकिन्छ ।

- नवीन खतिवडा, गायक

राजनीतिमा लागियो र नेता भइयो भने ।

- भरत रेग्मी, भिजुअल सम्पादक

के गरी कमाइन्छ ? म त्यसकै खोजीमा छु । अहिलेसम्म पत्ता लगाउन सकेको छैन । 

- राजन घिमिरे, पत्रकार

आफूलाई सबैभन्दा धनी सम्झेर काम गर्ने ।

-कृषा चौंलागाईं, निर्मात्री

कि मेहनत गरे कुस्त कमाइन्छ, कि भष्ट्राचार गरे कुस्त कमाइन्छ हाम्रो नेपालमा ।

- शारदा थापा, समाचारवाचिका

म पनि त्यही सोचिरहेको छु, कसले बताउला तरिका ?

- सञ्जय बराल, रेडियोकर्मी

कालोबजारी गर्नुहोस्, व्यापार गरे पनि कर छल्नुहोस्, नेता भएर जनता ठग्नुहोस् । 

- शान्तिम कोइराला, गायक

सही पेसा अनि सही लगानीमा भाग्यले साथ दियो भने कुस्त धन कमाउन सकिन्छ ।

- निकेश खड्का, निर्देशक

भाग्यमा लिएर आएको हुनुपर्छ ।

- बबिता मानन्धर, गायिका

दुईनम्बरी धन्दा र भ्रष्टाचार गरे ।

- विकास सुवेदी, भिडियो निर्देशक

समयको मागअनुसार सही तरिकाबाट दिमाग लगाएर, आँट गरेर, कडा मेहनत गरेपछि भाग्यले साथ दिए ।

- अलाइभ ग्लाइडर, व्यवसायी

यो प्रश्न त बिल गेट्स, विनोद चौधरी, अम्बानी ब्रदर्स, जुकरबर्ग, अलिबाबा डटकमका ज्याकहरूसँग पो सोध्नुपर्ने । 

- डिजे शिशिर

इमान्दार भएर आफ्नो करियरप्रति ध्यान दिइयो भने ।

- सुवास प्रधान, संगीतकर्मी

कुस्त धन कमाउन त कि चिठ्ठा पर्नुपर्छ कि गलत बाटो समात्नुपर्छ । 

- जीवन पराजुली, सञ्चारकर्मी

इमान्दार एवं लगनशील भै धैर्यताका साथ मेहनत गरियो भने कुस्त धन कमाइन्छ ।

- मिलन शंकर, अभिनेता

अरू काम गरे सुस्त धन कमाइन्छ । बजारको ट्रेन्ड हेर्दा हिट लोकगीत राखेर झुर कमेडी चलचित्र बनाउँदा कुस्त धन कमाइने देखियो । इज्जतलाई बाल मतलब गरेर राजनीति गर्दा पनि कुस्त धन कमाएर चुस्त हुने रैछ ।

- कुमार भट्टराई, निर्देशक/लेखक

धर्म र पाप भन्ने कुरा नि कहीं हुन्छ र ? भन्ने सोचियो भने ।

- अजय अधिकारी सुशिल, गायक

अहिलेको जमाना लगानीको छ । उचित रूपले लगानी गर्न सके, विचार पुर्‍याएर आफ्नो धन सुरक्षित गर्न सके । घर बसीबसी कुस्त कमाउन अहिले चलेको फेसन सेयरमा लगानी 

गर्नु नै हो ।

- विजय अधिकारी, लेखक

प्रशस्त परिश्रम गरेर । 

- सुरबिना कार्की, अभिनेत्री 

लक्ष्मी माताको राम्रोसँग पूजा गरेर अनि आफ्नो काममा लगनशीलता देखाएर ।

- रेखा पौडेल, संगीतकार

आफू सक्षम भए कुस्त धन कमाइन्छ । 

- अश्मि रिसाल, गायिका

मानिसले चालेको कदम बीचैमा नछोडी निरन्तर लागिपरियो भने त्यही कामबाटै धन कमाउन सकिन्छ । 

- विकास चापागाईं, अभिनेता

तस्करी र डकैती गरेर चाहिँ केही कमाइदैन है । 

- नारद खतिवडा, हास्य अभिनेता

आफूलाई रुचि भएको कुनै पनि क्षेत्रमा मेहनत गरेर काम गर्‍यो भने धन कमाउन सकिन्छ, तर त्यसका लागि त्यो कामप्रति आफू योग्य, सिर्जनशील तथा लचिलो हुनुपर्छ । धन कमाउन गाह्रो छ तर मेहनत गर्‍यो र काममा लगनशील भयो भने त्यही काम सजिलो हुन्छ । 

- पूजन थापा, मोडल

बिजनेस गर्दा ठीक होला नि, व्यापार अपार भन्छन् । 

- प्राश्ना शाक्य, गायिका

धेरै शिक्षा लिन सकियो भने धन पनि धेरै कमाउन सकिन्छ । 

- रमिता भण्डारी, मोडल

आफ्नो काममा लगनशील भएर मेहनत गरे नाम अनि दाम कमाउन सकिन्छ । 

- रचना शाक्य, मेकअप आर्टिष्ट

त्यसका लागि त कालो धन्दा नै गर्नुपर्छ कि ? 

- भीम लिम्बू, गायक

बिल गेट्सको जीवनी पढ्न सल्लाह दिन्छु । 

- मौनता श्रेष्ठ, लेखक

कतिलाई कुस्त धन भन्ने हो ? पहिले यो कुरा निश्चित हुनुपर्‍यो । 

- वर्षा लेखी, मिस नेपाल इन्टरनेसनल 

त्यही थाहा नभएर त दु:ख पाइएको छ...थाहा भएको भए त त्यस्तो कुरा कहाँ अरूलाई भनिन्थ्यो र ? बरु हजुरलाई थाहा छ भने भन्नु न सुटुक्क । 

- जानकी पन्थ, गायिका/गीतकार

 नेपाल जस्तो देशमा कि त भ्रष्टाचार गर्नु पर्‍यो कि त विदेशिनु पर्‍यो, इमान्दारिताले कुस्त धन कमाउन गाह्रो छ । 

- मिङ्स लामा, गायिका

हात पाखुराले मेहनत, मनबाट संघर्ष अनि दिमागबाट सही व्यवस्थापन गर्न सके ।

- सन्तोष सेन, निर्माता

मेहनत, सीप र बुद्धि लगाएर काम गरियो भने धन कमाउन सकिन्छ । नेपालमा चाहिं राजनीति गरेर नेता बने मात्र कुस्त धन कमाउन सकिन्छ । 

- पवन थिङ, गायक

 

 

प्रकाशित :कार्तिक ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्