दराजको एक्सपायर डेट हेरेको, फेला परेन

  • सुशील नेपालको वालबाट

- संकलक : सुशील नेपाल

कार्तिक ६, २०७४- 

शेरे आफ्नी पूर्वप्रेमिकालाई किस गर्न खोज्दै थियो, यत्तिकैमा गर्लफ्रेन्डले च्यालेन्ज दिँदै भनी । 

गर्लफ्रेन्ड : यहाँ के किस गर्छौ ? सक्छौ भने मेरो बूढाको अगाडि किस गरेर देखाऊ अनि मात्र तिम्लाई किस गर्न दिन्छु ।

शेरेले पनि फुर्ती लगाउँदै च्यालेन्ज स्वीकार गर्‍यो ।

एक दिन शेरेकी गर्लफ्रेन्ड र उसको बूढा सँगै आउँदै थिए । शेरेले आइडिया निकाल्यो र एउटा अग्लो रूखमा चढ्यो अनि भन्न थाल्यो ।

शेरे : ओ दाइ, के हो यार.... तपाईंमा लाज–सरम भन्ने कुरा छैन ? बाटोमा किस गर्दै हिंड्ने ?

शेरेकी गर्लफ्रेन्डको बूढा : (रिसाउँदै) के हो भाइ, नचाहिँदो बोल्ने ? कसले गर्‍यो किस ? मैले उसलाई छो’को सम्म त छैन । तिमी किस गर्‍यो भन्ने ?

शेरे : किन झूट बोल्नुहुन्छ ? मेरै आँखाले देखिरा’को छु, तपाईं होइन भन्नुहुन्छ ? मैले यहाँबाट त्यही देखिरा’ छु । नपत्याए यहीं आएर हेर्नुस् त ।

शेरेकी गर्लफ्रेन्डको बूढा : होइन रै’छ भने धुलाइ भेट्छौ नि भाइ ।

शेरे : भैहाल्छ नि, पैले रूखमा चढेर त हेर्नुस् । होइन रै’छ भने मलाई जे गर्नुहुन्छ गर्नुस् ।

शेरे रूखबाट झर्‍यो । शेरेकी गर्लफ्रेन्डको बूढाचाहिँ रूखमा चढ्यो । अब भने शेरेलाई मोज भो । ऊ गर्लफ्रेन्डलाई स्टाइल–स्टाइलमा किस गर्न थाल्यो ।

यत्तिकैमा शेरेकी गर्लफ्रेन्डको बूढा चिच्यायो ।

शेरेकी गर्लफ्रेन्डको बूढा : ए ए भाइ, हो त रै’छ नि यार ! मैले यहाँबाट तिमीहरू दुई जनालाई किस गरिरा’को देखिरा’ छु । कस्तो अचम्मको रूख रै’छ यार यो त ।

सेरे दुई घण्टादेखि आफ्नो दराजबाट एउटा कागज झिकेर पल्टाई–पल्टाई हेरिरहेको थियो ।

बूढी : हैन ए बूढा, तिम्रो केही काम छैन ? के हेर्दैछौ दुई घण्टादेखि ?  

सेरे : बिहे दर्ताको कागज हेरेको ।

बूढी : अनि दुई घण्टासम्म हेर्नुपर्छ त ?

सेरे : खै, यसको एक्सपायर डेट हेरेको, फेला पार्नै सकिनँ ।

फिस्टे : मिस, मैले तपाईंको भित्री कपडाको एउटा तुना देखे ।

शिक्षिका : फिस्टे, कक्षाबाट निस्किहाल् अनि एक हप्तासम्म स्कुल नआउनु ।

एकछिनमा धुर्मुसे हाँस्छ ।

शिक्षिका : धुर्मुसे, तँचाहिँ किन हाँसेको ?

धुर्मुसे : मिस, मैले तपाईंको भित्री कपडाको दुवैतिरको तुना देखें ।

शिक्षिका : तँ पनि कक्षाबाट निस्की र एक महिनासम्म पढ्न नआउनु ।

शिक्षिका भुइँमा झरेको चक उठाउन झुक्छिन्, त्यही बेला शेरे जुरुक्क उठेर सरासर कक्षाबाट बहिर निस्कन लाग्छ ।

शिक्षिका : शेरे, तिमी किन बाहिर जान लागेको ?

शेरे : मिस, मैले जे देखें, त्यसपछि मलाई लाग्छ, मेरो पूरै स्कुले जीवन समाप्त भयो ।

उनी : के गर्दै छौ ?

शेरे : बेडमा पल्टेर फेसबुक चलाउँदै ।

उनी : यदि म त्यहाँ भ’को भए ?

शेरे : दुई जना नै बसेर फेसबुक चलाउँथ्यौं ।

उनी : यदि म त्यहाँ भ’को बेला नेट नभए ?

शेरे : एनसेलको कार्ड ल्याएर नेट चलाइन्थ्यो ।

उनी : ह्याप्पी भाइ टीका इन एड्भान्स भाइ ।

शेरे : धन्यवाद सिस । 

उनी : ब्लकेट !

धमला बाबै र शेरे मिठाई पसलमा गएछन् । धमला बडो चलाखीका साथ पाँचवटा मिठाई चोरेर पसलबाट बाहिर निस्किएछ अनि गर्वका साथ भनेछ :

देखिस् त मेरो हातको 

कला ? कसरी मैले त्यो पसलेले चालै नपाउने गरी मिठाई 

लुकाएर ल्याएँ ?

शेरे : यो त केही पनि होइन, लु आइज पसलभित्र । 

तँलाई म गजबको 

जादु देखाउँछु ।

अनि फेरि दुवै जना भित्र गएछन् ।

शेरे : (पसलेसँग) तिमी पनि हेर्ने हो जादु ?

पसले : हेर्दिम् न त ।

अनि शेरेको पालो भकाभक पाँचवटा मिठाई टिप्दै खाइदिएर चुपचाप बाहिर निस्कन खोज्दा पसलेले रिसाउँदै भनेछ : बजिया खै त जादु ? त्यसै फोकटमा अर्काको पसलमा आएर मिठाई घिच्न पाउँछस् ? तेरिमा बकम्फुसे ??

शेरे : नरिसाऊ न साउजी, अब यो धमलाको गोजी चेक गर त । मैले खाएको मिठाई तिम्ले त्यहीँ पाउनेछौ ।

 

जँड्याहा शेरेले रातको १२ बजे भट्टीवाल्नीलाई फोन गरेर भनेछ ।

शेरे : साहुनी, तपाईंको भट्टी कति बजे खुल्छ ?

साहुनी : बिहान ७ बजे ।

शेरे : कति बजे रे ??

साहुनी : बिहानको ७ बजे भन्दैछु त ।

एकैछिनपछि फेरि शेरे फोन गर्दै : साहुनी, भट्टी कति बजे खुल्छ रे ?

भट्टीवाल्नी साहुनी : बिहानको ७ बजे हौ । अघि त्यत्रो खाँदा पनि चित्त बुझेन र ? अब भोलि बिहान ७ बजे आउनु ।

शेरे : हि, हि..हा, हा.. खाएर त पुग्यो हौ ।

तर म यहाँ तपार्इंको भट्टीभित्रै छु क्या ! भट्टी कति बजे खुल्छ...???

प्रकाशित :कार्तिक ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्