Teej banner

विवाहको प्रश्नले हैरान

- एजेन्सी

कार्तिक ६, २०७४

अभिनेत्री तब्बुले आफ्नो विवाहका बारेमा सोधिने जिज्ञासाहरूको जवाफ दिँदा–दिँदा थाकिसकेको प्रतिक्रिया दिएकी छिन् । तिहारको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्र गोलमाल अगेनमार्फत झन्डै दुई वर्षपछि दर्शकमाझ आउन लागेकी तब्बुले आफू अविवाहित रहँदा सारा संसारलाई चिन्ता लागेकोमा आश्चर्य व्यक्त गरिन् ।

 

‘मेरो मात्र होइन, अभिनेता सलमान खानको समेत विवाह नभएकोमा सारा संसारलाई चिन्ता छ, तब्बुले भनेकी छिन्– ‘विवाह गर्नु अथवा नगर्नु हरेक व्यक्तिको अत्यन्त निजी प्रसंग हो, यसमा अरूले टाउको दुखाइरहनुपर्छ जस्तो लाग्दैन ।’

 

प्रकाशित :कार्तिक ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्