सिवानीलाई मिस भ्याली आइकनको उपाधि

- साप्ताहिक संवाददाता

कार्तिक ५, २०७४-

काठमाडौंको नयाँ बजारस्थित प्याराडाइज ब्याङ्क्वेटमा सम्पन्न मिस भ्याली आइकन–२०१७ को उपाधि सिवानी भट्टराईले जितेकी छिन् । प्रतियोगितामा सिवानीले मिस डिसिप्लिनको टाइटल एवार्ड पनि जितिन् । विजेता सिवानी भट्टराईलाई पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले विजेताको क्राउन पहिर्‍याइ दिएकी थिइन् । १३ जना प्रतिस्पर्धी युवतीहरुको सहभागिता रहेको प्रतियोगितामा चन्डिका खड्काले फस्ट रनर्स अप तथा स्वेता श्रेष्ठले सेकेन्ड रनर्स  अपको उपाधि जित्न सफल भए ।

क्वेस्ट इभेन्ट म्यानेज्मेन्टले आयोजना गरेको एलिशा राईद्वारा कोरियोग्राफी गरिएको उक्त प्रतियोगितामा श्वेता श्रेष्ठले मिस ट्यालेन्ट तथा मिस बेस्ट वाक, इलिजा डंगोलले मिस कोअपरेटिभ तथा मिस चार्मिङ, लामिन तामाङले मिस ब्युटिफूल, कमला मगरले मिस सिन्सियर, चन्डिका खड्काले मिस लिडरसिप तथा मिस फोटोजेनिक, करुणा मगरले मिस बेस्ट ड्रेस, शिलु लामाले मिस फ्रेन्डशीप, जुनु तामाङले मिस बेस्ट स्माइल, सगुन श्रेष्ठले मिस पंचुअल तथा मिस कन्फिडेन्स तथा सुप्रिया खड्काले मिस पर्सनालिटीको टाइटल एवार्ड जितेका थिए ।

पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, साप्ताहिकका वरिष्ठ उप–सम्पादक कृष्ण भट्टराई, मेकअप आर्टिष्ट अमृत मरहट्ठा, मिस पूर्वाञ्चल–२०१७ रुबी लिम्बु, मिस पूर्वाञ्चल–२०१५ प्रियंका श्रेष्ठ तथा मिस नेपाल २०१७ की प्रतिस्पर्धि अनिता भण्डारी प्रतियोगिताको निर्णायकको रुपमा रहेका थिए ।

प्रतियोगिताको क्रममा जादुगर तथा हास्य अभिनेता महादेव त्रिपाठी, गायक सपन श्रेष्ठ, उल्सन श्रेष्ठ, ध्रुव विश्को आदिले गीत–संगीत तथा हास्य प्रस्तुतीमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । 

 

प्रकाशित :कार्तिक ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्