खलनायक बनेका नायक

- साप्ताहिक संवाददाता

कार्तिक ५, २०७४-

दुई दशकभन्दा लामो समयदेखि अभिनयमा सक्रिय कलाकार हुन्— सुन्दर श्रेष्ठ । रेडियो नाटक तथा भिडियो चलचित्र हुँदै अघि बढेको सुन्दरको अभिनय यात्रा चलचित्रसम्म आइपुगेको छ । सुन्दरले यो अवधिमा चित्कार, मायाजबार, ब्ल्याक, पिँजडा ब्याक अगेन, सहिद, मस्ती, आगो–२, हाम्रो जीवन आदि चलचित्रमा अभिनेता तथा सह–अभिनेताको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र सकसमार्फत उनी अभिनयका साथै निर्माणमा समेत सक्रिय भएका छन् । कात्तिक २४ गतेदेखि प्रदर्शनमा आउने उक्त चलचित्रमा खलनायकको भूमिकामा प्रस्तुत भएका सुन्दर एनबी महर्जनको निर्देशनको उक्त चलचित्रलाई ड्रिम प्रोजेक्ट नै भन्न रुचाउँछन् ।

हरेक शैलीको अभिनय गर्न सिपालु सुन्दरले चलचित्र सकसको खलनायकको भूमिकाप्रति आफूले न्याय गरेको दाबी गरेका छन् । अधिकांश कलाकार नायक बन्न इच्छुक भैरहेका बेला आफूले खलनायक बन्ने चुनौती लिएको उनी बताउँछन् । नेपालमा सशक्त खलनायकको अभाव भैरहेको अवस्थामा आफूले उक्त अभाव पूरा गर्ने सुन्दरको दाबी छ ।  

 

प्रकाशित :कार्तिक ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्