ल्याङल्याङ अशिष्मा

- साप्ताहिक संवाददाता

कार्तिक ४, २०७४-

अशिष्मा नकर्मीका केही चलचित्र प्रदर्शन भए, तर खासै चलेनन र उनको करियरमा इँटा थपिएन् । चलचित्र नचले पनि उनको व्यस्तता भने जस्ताको तस्तै छ । चलचित्र अधकट्टीको गीत फिगर कोकाकोलापछि अशिष्मालाई धेरैले कोकाकोला गर्लको उपाधि दिए । अहिले उनको उक्त उपाधि परिवर्तन हुँदैछ । केही साताअघि चलचित्र रोमियोको गीत रिलिज भयो ।

युट्युबमा निकै कभरभर्सन भिडियो बनाइसकिएको उक्त गीत ‘ल्याङल्याङ नगर मैया’को आधिकारिक भिडियो भने दसैं अघि मात्र सार्वजनिक भयो । उक्त गीत आएपछि अशिष्मालाई अब ल्याङल्याङ गर्ल भनिन थालिएको छ । गीतकै कारण चर्चा पाउने अशिष्मा चलचित्र रोमियोको उक्त गीतमा मात्र देखा पर्छिन् अर्थात् चलचित्रमा उनको कुनै भूमिका छैन । बरु उनी सलोन बस्नेत र आमेश भण्डारीको एउटै प्रेमिकाका रूपमा चलचित्र मेलामा प्रस्तुत हुँदैछिन् । 

 

प्रकाशित :कार्तिक ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्