नयाँ गेटअपमा ज्योति मगर

- साप्ताहिक संवाददाता

कार्तिक २, २०७४-

छोटा पहिरनमा प्रस्तुत भै दर्शकहरूको ध्यान खिच्दै आएकी गायिका ज्योति मगर शनिबार पोखरामा नयाँ गेटअपमा देखिइन् । पोखराको रामबजारमा आयोजित पाँचौं संस्करणको रामबजार महोत्सवको अन्तिम दिन आफ्नो प्रस्तुति दिन पोखरा पुगेकी ज्योति गुन्यू–चोलीमा सजिएकी थिइन् ।

मेला–महोत्सवहरूमा शरीर देखाएर दर्शक तान्ने होडबाजी बढेको दाबी गर्दै केही दिनअघि मात्र लोक दोहोरी गीत प्रतिष्ठान नेपालले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै गृहमन्त्रीले कुनै पनि महोत्सवमा त्यस्तो देखिए स्टेजबाटै प्रहरी लगाएर गिरफ्तार गराउने आश्वासन दिएका थिए ।

उक्त समाचार बाहिर आएपछि अंग प्रदर्शन गरी चर्चा कमाउन खोज्नेहरूले के गर्लान् भन्ने भैरहेका बेला ज्योती मगर यो नयाँ गेटअपमा देखिएकी हुन् । फरक गेटअपमा प्रस्तुत भए पनि उनको जोसमा भने कुनै कमी देखिएन । फरक गेटअपमा दर्शकले ज्योतिलाई नाच्दै–गाउँदै साथ दिएका थिए ।

 

प्रकाशित :कार्तिक २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्