पहिलो नगरी दोस्रो

- साप्ताहिक संवाददाता

कार्तिक २, २०७४

हलिउडको चलचित्र डक्टर स्ट्रेन्समा अभिनय गरिसकेकी शिल्पा मास्केलाई निर्देशक मिलन चाम्सले चलचित्र लिलिबिलीका लागि अनुबन्ध गरेको कुराले एकताका राम्रै चर्चा पायो । सञ्चारमाध्यममा समेत शिल्पा तथा उनले अभिनय गर्न लागेको पहिलो चलचित्रले राम्रै स्थान पाए ।

यद्यपि चलचित्रको छायांकन प्रारम्भ नहुँदै शिल्पा उक्त चलचित्रबाट अलग भइन् । अहिले आएर उनलाई निर्माता रोहित अधिकारीले चलचित्र ब्रेकअपका लागि अनुबन्ध गराएका छन् । यो चलचित्रमा शिल्पाले हेन्डसम अभिनेता आशिरमान श्रेष्ठसँग अनस्क्रिन रोमान्स गर्ने निश्चित भैसकेको छ । बेलायतमा समेत छायांकन हुने यो चलचित्रको निर्देशन हेमराज बीसीले गर्दैछन् । 

 

प्रकाशित :कार्तिक २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्