देउसी–भैलो खेल्दा केहि कुरा बुझ्नु जरुरी छ

- साप्ताहिक संवाददाता

कार्तिक १, २०७४-

 

  तिहार भन्नासाथ सबैलाई देउसी भैलोको सम्झना आउँछ । पहिले–पहिले साँझ मात्र खेलिने देउसी–भैलो हिजोआज दिउँसै खेल्न थालिएको छ । 

 

 पहिले देउसीमा पुरुषले सहभागिता जनाउने र भैलोमा महिलाले सहभागिता जनाउने चलन भए पनि अहिले दुवैमा दुवैले समान रूपमा सहभागिता जनाउन थालेका छन् ।

 

 देउसी–भैलो खेल्दा अनुशासित हुनुपर्छ । पैसा धेरै दियो भनेर मख्ख पर्ने तथा कम दियो भनेर गाली गर्ने काम गर्नु हुँदैन । 

 

 साथी–भाइको समूह वा संघ–संस्थाको समूहमा देउसी–भैलो खेल्नुपर्छ । देउसी–भैलो खेल्न जाने ठाउँमा पूर्वसूचना दिनु बेस हुन्छ । 

 

 आफू खेल्न जाने घरमा अर्को समूहले देउसी भैलो खेलिरहेको छ भने धैर्यपूर्वक प्रतीक्षा गर्नुपर्छ । 

 

 राति अबेरसम्म अरूलाई डिस्टर्ब हुने गरी देउसी–भैलो खेल्नु उपयुक्त होइन ।

प्रकाशित :कार्तिक १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्