मुख खोले रितिकले

- एजेन्सी

आश्विन ३०, २०७४

अभिनेता रितिक रोशन तथा अभिनेत्री कंगना रणावतबीचको विवाद घट्नुको साटो बढ्न थालेको छ । जब–जब यो विवाद शान्त हुन थाल्छ, तब–तब कंगनाले यसलाई पुन: उचाल्ने क्रम जारी छ । रितिकले अहिलेसम्म कंगनाको आक्रोशको सामना शान्तिपूर्वक गरेका थिए । यद्यपि अब भने उनी पनि एक्सनको मुडमा देखिन्छन् ।

अघिल्लो साता मात्र रितिकले कंगनाविरुद्ध मुम्बई प्रहरीमा उजरी दर्ता गर्दै कंगनाले आफूप्रति निगरानी गरिरहेको आरोप लगाएका छन् । आरोपमा रितिकले आफू कंगनाबाट पीडित भएको तथा मानसिक रूपले समेत चिन्तामा परेको उल्लेख गरेका छन् । रितिकले सामाजिक सञ्जाल फेसबुकमा समेत आफ्ना कुरा सार्वजनिक गरेका छन् । कंगनाको नाम नलिई रितिकले आफ्नो सफाइमा कंगनासँग कहिल्यै एक्लै नभेटेको कुरा बताएका छन् ।

‘दुई हाई प्रोफाइल सेलिब्रटीबीच यदि सात वर्षसम्म तथाकथित प्रेम चल्थ्यो भने पक्कै पनि कुनै तस्बिर, प्रमाण अथवा सेल्फी नै सार्वजनिक हुनुपर्ने हो, रितिकले भनेका छन्– ‘जनवरी २०१४ मा हामीले पेरिसमा इन्गेज्मेन्ट गरेको कुरा आएको छ, मेरो पार्सपोर्ट हेर्नुभयो भने थाहा पाउनुहुनेछ, म जनवरी २०१४ मा देशबाहिर गएको छैन ।’ रितिकले आफूले महिलाहरूको इज्जत गर्ने दाबी गर्दै आफूले यो प्रसंगमा वास्तविकमा मात्र बाहिर ल्याउन चाहेको उल्लेखसमेत गरेका छन् ।  

 

प्रकाशित :आश्विन ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्