पटाका पड्काउँदा

- साप्ताहिक संवाददाता

आश्विन ३०, २०७४-

 

 तिहारलाई उल्लासमय तथा रमाइलो बनाउन पटाका पड्काइन्छ । 

 

 धेरै धूवाँ भएको पटाकाले वातावरण प्रदुषित गरी फोक्सोमा संक्रमण, ह्दयाघातका साथै क्यान्सरसमेत निम्त्याउन सक्छ । 

 

 पटाका पड्काउँदा आगलागी हुनुका साथै पड्काउने मानिसलाई समेत क्षति पुग्न सक्छ । यसमा विशेष सावधानी अपनाउनुपर्छ । 

 

 चाडपर्वका बेला बालबालिका पटाका पड्काउन निकै अग्रसर हुन्छन् । उनीहरूलाई कम धूवाँ आउने तथा इको फ्रेन्ड्ली पटाका दिनुपर्छ ।

 

 पटाका पड्काउँदा सुतीका पहिरन लगाउनुपर्छ । चाँडै आगो समात्ने नाइलन, सिफन, सिल्क आदिका कपडाबाट टाढै रहनुपर्छ ।

 

 इयर प्लग्स लगाएर पटाका पड्काए त्यसबाट निस्कने तिखो आवाजबाट कानलाई जोगाउन सकिन्छ । 

 

 इलेक्ट्रिक तार, ग्यास सिलिन्डर तथा आगो टिप्ने सामान भएका स्थानमा पटाका पड्काउनु हुँदैन ।

 

 भीड भएको स्थान तथा सवारी साधनको नजिक पटाका पड्काउनु हँुदैन । 

प्रकाशित :आश्विन ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्