रंगोलीका बारेमा

- साप्ताहिक संवाददाता

आश्विन ३०, २०७४-

 

 रंगोली प्राचीन सांस्कृतिक परम्परा तथा लोककला हो । यसलाई शुभ प्रतीक मानिन्छ ।

 

 पूजा, विवाह, उत्सव एवं चाडपर्वका बेला सुख्खा तथा प्राकृतिक रंगबाट रंगोली बनाइन्छ । 

 

 प्राय: लक्ष्मी पूजाका दिन रंगोली बनाइन्छ । यो दिन साधारण ज्यामितीय आकार, स्वस्तिक चिह्न, मयूर 

तथा देवदेवताका आकृतिका रंगोली निर्माण गर्ने चलन छ । 

 

 पहिले–पहिले सुख्खा चामलको पीठो, सिन्दूर तथा अन्य प्राकृतिक रंगबाट रंगोली बनाइन्थ्यो । आजभोलि फूल, चामल तथा अन्य वस्तुबाट पनि रंगोली तयार पारिन्छ । 

 

 रंगोली ढोका, आँगन तथा पूजाकोठामा बनाइन्छ । जहाँ बनाए पनि रंगोली बनाउने स्थान सफा हुुनुपर्छ ।

प्रकाशित :आश्विन ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्