कमेडीमा सौगात

- साप्ताहिक संवाददाता

आश्विन २९, २०७४-

रंगमञ्चबाट अभिनयमा आएका अभिनेता हुन्— सौगात मल्ल । चलचित्र लुटबाट स्थापित सौगातलाई अहिले अधिकांश निर्देशकले हास्य अभिनेताका रूपमा प्रस्तुत गर्न थालेका छन् । प्रदर्शनको तयारीमा रहेका दुई चलचित्र फाटेको जुत्ता तथा झ्यानाकुटीको ट्रेलरमा सौगातले हास्य कलाकारिताको नमुना प्रस्तुत गरेका छन् ।

फाटेको जुत्तामा मधेसी मूलका युवकको भूमिकामा प्रस्तुत भएका सौगातले आफ्नो अभिनय तथा संवादका कारण दर्शकको मन जितिसकेका छन् । चलचित्र झ्यानाकुटीको एउटा गीतमा कमेडी शैलीमै प्रस्तुत भएका सौगातले विगतका केही चलचित्रमा समेत कमेडी गरिसकेका छन् ।

केही साताको अन्तरमा प्रदर्शनमा आउने दुई चलचित्र फाटेको जुत्ता र झ्याइँकुटीमा व्यवसायिक रूपमा सफल भए सौगात हास्य अभिनयमा समेत स्थापित हुने कुरामा दुईमत छैन । 

 

प्रकाशित :आश्विन २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्