रेखाको ‘रुद्रप्रिया’लाई पीजी सर्टिफिकेट

- साप्ताहिक संवाददाता

आश्विन २९, २०७४

अभिनेत्री रेखा थापाको चलचित्र ‘रुद्रप्रिया’ हेर्न उनका १६ वर्ष मूनिका दर्शकले अभिभावकको साथ लिनु पर्ने भएको छ । उनको चलचित्रलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिए पछि१६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथ बिना चलचित्र हेर्न नपाउने भएका हुन् ।

चलचित्रको कुनै पनि दृश्यमा सेन्सरको कैंची नचले पनि चलचित्रमा समावेश केही एक्सनको दृश्यको कारण यो चलचित्रले पिजी दिएको अभिनेत्री थापाको भनाई छ । 

रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई रमेश एमले पौडेलले निर्माण गरेका हुन् । सुदिप बबी भुषाल सिंहको निर्देशन रहेको चलचित्रमा रेखा थापा र आर्यन सिग्देल ८ वर्षपछि पर्दामा जोडीका रुपमा प्रस्तुत हुदैछन् । चलचित्रमा राजन ईशान, टिका पहारी लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्र कात्तिक २ गते लक्ष्मी पूजाको अवसर पारेर देशभर एकसाथ प्रदर्शनमा आउँदै छ ।

 

प्रकाशित :आश्विन २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्