अशिष्माको प्रेममा टुटेका आमेष

- साप्ताहिक संवाददाता

आश्विन २९, २०७४-

कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेला’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मित्रता, प्रेम, विछोड देखाइएको छ । ट्रेलरमा सलोनका केहि चटपटे संवादहरु समेत समावेश गरिएको छ । 

बसन्त निरौलाले निर्देशन गरेको चलचित्र राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको छ । चलचित्रमा हरि पन्तको कथा, पटकथा, संवाद र सह–निर्देशन छ ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, पवित्रा आचार्यको नृत्य निर्देशन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, मनोज के मरोडियाको लगानी, हरि पन्तको प्रस्तुती छ । चलचित्रको ट्रेलरले हलसम्म दर्शक तान्न सक्ने देखिएको छ ।  

मेलाको ट्रेलर 

प्रकाशित :आश्विन २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्