विपिन र श्रृजना उत्कृष्ट नायक नायिका

- साप्ताहिक संवाददाता

आश्विन २९, २०७४- 

यो वर्षको इनास फिल्म अवार्डमा ‘जात्रा’ चलचित्र अब्बल ठहरीएको छ । चलचित्र मात्रै होईन ‘जात्रा’बाटै विपिन कार्कीले ‘सर्वोत्कृष्ट नायक’को उपाधि समेत उचाल्न सफल भए । नायिकामा भने चलचित्र ‘डाइङ क्यान्डल’बाट श्रृजना सुब्बाले अवार्ड जितिन् ।

२० विधामा प्रदान गरिएको अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड भने चलचित्र ‘वीर विक्रम’बाट मिलन चाम्सले प्राप्त गरे । नायिका दिया पुनले ‘उत्कृष्ट नव–नायिका’को अवार्ड प्राप्त गरिन् ।

अवार्ड आयोजकले यो वर्षको ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे, इतिहासविद् सत्यमोहन जोशी, गायक तथा संगीतकार प्रेमध्वज प्रधान, निर्देशक तथा गीतकार चेतन कार्की, नृत्यांगना विमला श्रेष्ठ ‘इनास विशिष्ट सम्मान’बाट सम्मानित भए ।

यता, चलचित्र पत्रकारितामा सक्रिय ३ पत्रकारलाई सम्मान गर्दा अनलाइनखबर डटकममा पत्रकार ‘विजय सुवेदी ‘आवाज’, ठूलोपर्दा डटकममा जीवन पराजुली र रेडियोकर्मी लोकराज अधिकारी सम्मानित भए । 

‘पाँचौ इनास अवार्ड’मा अवार्ड प्राप्त गर्ने स्रष्टा तथा सिर्जना :

१. उत्कृष्ट चलचित्र: जात्रा

२. उत्कृष्ट निर्देशक: मिलन चाम्स (विर विक्रम)

३. उत्कृष्ट नायक: विपिन कार्की (जात्रा)

४. उत्कृष्ट नायिका: श्रृजना सुब्बा (डाइङ क्यान्डल)

५. उत्कृष्ट सह–अभिनेता: माओत्से गुरुङ (पुरानो डुङ्गा)

६. उत्कृष्ट सह–अभिनेत्री: बर्षा राउत (छक्का पन्जा)

७. उत्कृष्ट नव–अभिनेता: सुरज खड्का (लभ लभ लभ)

८. उत्कृष्ट नव–अभिनेत्री: दिया पुन (विर विक्रम)

९. उत्कृष्ट नव–निर्देशक: दीपाश्री निरौला (छक्का पन्जा)

१०. उत्कृष्ट खलपात्र: सौगात मल्ल (लूट २)

११. उत्कृष्ट हाास्य कलाकार: केदार घिमिरे (छक्का पन्जा)

१२. उत्कृष्ट पटकथा: दीपेन्द्र लामा (घामपानी)

१३. उत्कृष्ट पाश्र्व गायक: ताराप्रकाश लिम्बु (विर विक्रम)

१४. उत्कृष्ट पाश्र्व गायिका: अन्जु पन्त (छक्का पन्जा)

१५. उत्कृष्ट संगीतकार: राजनराज सिवाकोटी (छक्का पन्जा)

१६. उत्कृष्ट शब्द: दयाराम पाण्डे –पलाँस)

१७. उत्कृष्ट छायांकन: रविन आचार्य र दिवांकर सिग्देल (डाइङ क्यान्डल)

१८. उत्कृष्ट सम्पादन: मित्र गुरुङ (जात्रा)

१९. उत्कृष्ट कोरियोग्राफर: कविराज गहतराज (छक्का पन्जा)

२०. उत्कृष्ट द्धन्द्ध निर्देशक: राजकुमार उप्रेती (लुट २)

 

प्रकाशित :आश्विन २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्