प्रशान्तको ड्यासिङ भूमिका

- साप्ताहिक संवाददाता

आश्विन २८, २०७४-

मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार अहिले नेपाली चलचित्रमा रमाउन थालेका छन् । विगतमा मुखौटा, सम्बोधन आदि चलचित्रमा अभिनय गरे पनि दर्शकको नजरमा पर्न नसकेका प्रशान्तलाई चलचित्र ऐश्वर्यले अभिनयमा स्थापित गर्ने प्रबल सम्भावना छ ।

कात्तिक ९ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रमा प्रशान्तले सशक्त अभिनय गरेको कुरा चलचित्रका ट्रेलर तथा टिजरबाट स्पष्ट भैसकेको छ ।

यो चलचित्रमा प्रशान्तले ऐश्वर्य अर्थात् अभिनेत्री दीपिका प्रसाईंलाई प्राप्त गर्न अभिनेता रमेश उप्रेतीसँग कडा टक्कर लिएका छन् । आकर्षक व्यक्तित्वका धनी प्रशान्तले चलचित्रमा बोलेका संवाद दर्शकले मन पराएका छन् । यसबाहेक उनको अभिनयमा समेत सशक्त खलनायकी झल्किएको छ ।

ट्रेलरमा अभिनेता उप्रेतीभन्दा प्रभावकारी देखिएका प्रशान्तले समग्र चलचित्रमा कस्तो भूमिका निर्वाह गरेका छन्, चलचित्र प्रदर्शनपछि मात्र ठोस टिप्पणी गर्न सकिन्छ । 

 

प्रकाशित :आश्विन २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्