आज पोखरामा राजु लामा

- साप्ताहिक संवाददाता

आश्विन २७, २०७४

आज असोज २७ गते शुक्रबार राजु लामाले पोखरा घन्काउँदै छन् । मंगोलियन हर्ट ब्यान्डका साथमा पोखरा लेकसाइडस्थित त्रिसरा रेस्टुराँमा उनले आफ्नो प्रस्तुति दिनेछन् । उक्त अवसरमा नियमित रूपमा शुक्रबार आफ्नो प्रस्तुति दिँदै आएको अराइज ब्यान्डले समेत वातावरण तताउनेछ ।

अर्डर अनुसार विभिन्न परिकार तथा पेय पदार्थको स्वादमा रम्दै संगीतको यो रमाइलोको मजा उठाउन ५ सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ भने कार्यक्रम साँझ ८ बजेदेखि राति ११ बजेसम्म चल्नेछ । 

 

प्रकाशित :आश्विन २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्