असोज २७ देखि कार्तिक २ गतेसम्मको साप्ताहिक राशीफल

  • असोज ३१ गते : यमपञ्चक आरम्भ, कागतिहार, धनत्रयोदशी

- ज्यो. प. रामप्रसाद सिटौला

आश्विन २७, २०७४- 

मेष 

साथीभाइसँगको सम्बन्ध प्रगाढ हुनेछ । मनोरञ्जनका क्रममा लामो तथा छोटो यात्रा गर्दा स्वयं खर्च गर्नुपर्ने बाध्यता आइलाग्नेछ । राम्रो आम्दानी हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । साताको अन्त्यमा खराव आचरण हुनेहरूसँगको संगतले सताउन सक्छ । प्रतिष्ठा जोगाउने चेष्टा गर्नुहोला । 

वृष 

प्रेममा अविश्वास सिर्जना हुन सक्छ । मित्रहरूबाट आर्थिक सहयोग प्राप्त गर्न अझै केही समय कुर्नुपर्ने देखिन्छ । सल्लाह नगरी गरिएको आर्थिक व्यवहारले पारिवारमा मनमुटाव देखा पर्न सक्छ, धैर्यताका साथ निर्णय लिनुहोला । वादविवादबाट टाढा रहनुमै आफ्नो हित छ ।

मिथुन 

परिस्थितिसँग सम्झौता गर्दा मन खिन्न हुन सक्छ । स्वदेशमै धन आर्जन गर्ने अवसर जुटे पनि लगानी गर्न दोधार भइनेछ । अप्ठ्यारा समस्याहरू सुल्झाउँदै आफ्नो व्यवसायलाई उचाइमा पुर्‍याउन सकिनेछ । बुधबारपछिका दिन रमाइलोसँग बित्नेछन् ।

कर्कट 

आकर्षक पहिरनका कारण धेरैको नजर आफूप्रति पर्नेछ । विभिन्न उपहारका साथै मनोरञ्जनका सामग्रीसहित प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । आशा मारेको कामले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै उन्नतिको मार्ग कोर्ने समय छ । लगनशीलताले विभिन्न अवसर जुटाउन सक्छ । भैतिक सुविधाका साधनहरू जुट्नेछन् । 

सिंह 

अभिभावकको सहमतिबेगर अरूलाई वचन दिँदा आफू अप्ठ्यारोमा परिएला । केही दौडधूप गर्नुपरे पनि आफ्ना लागि विशेष अवसर जुटाउन सकिनेछ । अध्ययनका निम्ति विदेशी भूमिमा पाइला राख्ने प्रयत्न सफल हुनेछ । नजिकका साथीभाइ टाढिए पनि नयाँ साथीभाइ फेला पर्नेछन् ।

कन्या 

अनावश्यक रूपमा गरिएको खर्चले अर्थिक अभाव निम्त्याउनेछ । नयाँ अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । प्रेमको बन्धन कसिलो हुनेछ । खानपान तथा सरसंगतले जीवनशैलीमा परिर्वतन ल्याउनेछ । चर्चाको पात्र भइनेछ । हरियो रंगको प्रयोगले आर्थिक फाइदा दिलाउनेछ । 

तुला

रमाइलो भेटघाटमा स्वादिष्ट भोजन गर्ने अवसर जुट्नेछ । साथीहरूको मन लोभिने काम प्रारम्भ होला । सानै प्रयत्नले लक्ष्यमा पुर्‍याउनेछ । साताको अन्त्यमा पश्चिमतर्फको यात्रा हुन सक्छ । राति अबेरसम्म सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

वृश्चिक

भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक सुझाव लिनुहोला । धनआर्जन गर्न भाग्यले साथ दिनेछ । प्रेमको जाल रच्नेहरूले झुक्याउन सक्छन् । प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्‍याउनुपर्नेछ । मंगलबारपछि खर्च बढ्नाले आर्थिक अभाव सिर्जना हुनेछ ।

धनु 

भाग्यले साथ दिनेछ । चासो नभएका विषयमा सरोकार राख्दा दु:ख पाइनेछ । मन मिल्ने साथी फेला पर्नेछन् । चिसोमा यात्रा गर्दा स्वास्थ्यको हेक्का राख्नुहोला । यो साता पढाइ–लेखाइमा त्यति ध्यान दिन नसकिएला ।

मकर

मेहनतले प्रतिस्पर्धाको दौडमा विजय दिलाउनेछ । भैतिक साधनको बढी उपभोगले पछि परिएला । षड्यन्त्र गर्नेहरूले प्रेम जालमा फसाउन सक्छन् । साताको अन्त्यमा बिदेसिएका आफन्तजनबाट मनपर्ने उपहार हात पर्ने सम्भावना छ । खानपानमा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ

धनमाल जोगाउने चेष्टा गर्नुहोला । छोटो समयमै घनिष्ठ हुने साथीहरूप्रति पूर्ण विश्वास नगर्दा नै सुरक्षित भइनेछ । कामका सिलसिलमा विभिन्न अवसर जुट्नेछन् । साताको अन्त्यमा नाता–कुटुम्बसँग भेटघाटसहित मनोरञ्जनमा सहभागी हुन पाइनेछ ।

 

मीन 

चुनौतीहरू पन्छाउँदै रोकिएको कामले निरन्तरता पाउनेछ । ठूलाबडाको संगतमा नयाँ ज्ञान प्राप्त हुनुका साथै अनुभव आदान–प्रदान हुनेछ । टाढिएका साथी नजिकिनाले हर्षित भइनेछ । व्यवसायले थप आम्दानी दिलाउनेछ । साताको अन्त्यमा मनोरञ्जनमा समय खर्च हुनसक्छ । 

 

प्रकाशित :आश्विन २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्