महँगा सुदीप

- साप्ताहिक संवाददाता

आश्विन २७, २०७४-

हलिउड तथा बलिउडका चलचित्रमा देखिने भीएफएक्स अचेल नेपाली चलचित्रमै देख्न पाइन्छ । भिजुअल इफेक्ट्स, डिजिटल फिल्म मेकिङ तथा मोसन ग्राफिक्स अध्ययन गरेका प्राविधिकहरूका कारण यो सम्भव भएको हो । नेपाली चलचित्रका निकै कम भीएफएक्स आर्टिस्ट तथा मोसन ग्राफिक्स डिजाइनरमध्येका एक हुन्— सुदीप आचार्य । हाँडीगाउँ, काठमाडौंका सुदीप नेपाली चलचित्रका सबैभन्दा महँगा भीएफएक्स आर्टिस्ट पनि हुन् । उनी चलचित्रको ब्यानर, निर्देशक तथा छायाँकार हेरेर मात्र चलचित्र लिन्छन् ।

पछिल्ला १२ वर्षदेखि नेपाली चलचित्रमा सक्रिय सुदीपले यो अवधिमा थुप्रै चलचित्र, विज्ञापन तथा विदेशी प्रोजेक्टहरूमा समेत आफ्नो कौशल प्रस्तुत गरिसकेका छन् । चलचित्र जय परशुराममार्फत सर्वोत्कृष्ट भीएफएक्स अफ द इयरबाट पुरस्कृत भैसकेका सुदीप नेपाली चलचित्रमा मानवबाट मोर्फिङ अर्थात् एउटा मान्छेको अनुहारबाट अर्को मान्छे तथा मान्छेबाट जनावरको अनुहार बनाउने एनिमेसन भित्र्याउने एक्ला प्राविधिकसमेत हुन् । 

 

प्रकाशित :आश्विन २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्