कब्जियतको समाधान

- योगगरु

आश्विन २६, २०७४-

 

–घरमा होस् वा हाम्रो वरिपरि सजिलै पाइने केही चिज यस्ता छन् जसले ग्याँस तथा कब्जियतको समस्या सहजै ठीक पार्छन् । 

–किसमिसमा प्रशस्त फाइबर (रेशा) पाइन्छ । एक मुठी किसमिस बेलुका पानीमा भिजाएर बिहान खालीपेटमा पानीसहित खाँदा कब्जियत ठीक हुन्छ । 

–आलस पनि ग्याँस तथा कब्जियतमा उपयोगी सावित हुन्छ । आलस त्यसै चपाएर खान सकिन्छ । यसको चूर्ण बनाएर तातो पानीसँग खान सकिन्छ । आलसमा फाइबरका साथै ओमेगा थ्री आदि पाइन्छ । 

–नियमित सुन्तला खाँदा पनि कब्जियतबाट छुट्कारा पाइन्छ । सुन्तला खाँदा त्यसको केस्राको सेतो रेशा पनि खानुपर्छ । सुन्तलामा भिटामिन सी, फाइबर आदि तत्व पाइन्छ । 

–मेथीको चूर्ण (पाउडर) मा कालो नुन मिसाएर खाँदा कब्जियत हट्छ । 

– पुदिना खाना पचाउन सहयोगी हुन्छ । पुदिनाले कब्जियत हटाउनुका साथै पेट हल्का बनाउँछ । 

–कब्जियत हटाउन पालकको रसमा पानी मिसाएर खाँदा लाभ मिल्छ । 

–त्रिफला चूर्णको प्रयोग कब्जियतका लागि लाभदायक छ । 

 

प्रकाशित :आश्विन २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्