पवनको फ्लाइ सार्वजनिक

- साप्ताहिक संवाददाता

आश्विन २६, २०७४-

गायक पवन थिङले गाएका सुगम संगीतमा आधारित आधुनिक शैलीका गीतहरुको एल्बम ‘फ्लाइ’ बुधवार काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरिएको छ । वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधान, गायक राजु लामासहितका व्यक्तित्वले उक्त एल्बम विमोचन गरेका हुन् ।

एल्बम विमोचन गर्दै संगीतकर्मी प्रेमध्वज प्रधानले गायक थिङको गायन शैलीको प्रसंसा गरेका थिए । समारोहमा उपस्थित गायक राजु लामाले पनि गायक थिङको गलाको खुलेर प्रसंसा गरे । शास्त्रीय संगीतमा स्नातक गरेका गायक थिङले पाँच गीतहरुको उक्त एल्बममा पुर्वेली लोक शैलीलाई पनि अपनाएका छन् । एल्बमका गीतमा सुसन लामाको शब्द तथा संगीत सुन्न सकिन्छ ।

समारोहमा गायक थिङले संगीतकार सुसन लामाको गिटारवादनमा एल्बमका सबै गीतहरु प्रत्यक्ष गाएका थिए । त्यसक्रममा संगीतकर्मी प्रेमध्वज प्रधानले नेपाली सांगीतिक क्षेत्रमा स्टेजमै गिटार बजाएर गीत गाउने प्रचलन आफैंले प्रारम्भ गरेको स्मरण गरेका थिए । 

समारोहमा विमोचित एल्बमको ‘सिमा पारी....’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । पासाङ योञ्जनले उक्त भिडियो निर्देशन गरेका हुन् ।  

 

प्रकाशित :आश्विन २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्