कर्मचारीको स्वास्थ्यका लागि

- साप्ताहिक संवाददाता

आश्विन २६, २०७४-

ठूला कम्पनीका मालिकहरू आफ्ना कर्मचारीबाट सक्दो काम लिन उनीहरूलाई कार्यालय समयमै स्वस्थ बनाउने अभियानमा लागेका छन् । लन्डनको ह्वाइट कलर फ्याक्ट्री डेभलपमेन्टले १६ तले भवनको छतमा रनिङ ट्रयाक निर्माण गरेको छ ।

२ सय ३० फिट माथिको उक्त ट्रयाक लन्डनकै अग्लो स्थानमा छ । दुई लेनको उक्त ट्रयाकमा १० ल्यापमा १ माइल तथा २ सय ८१ ल्यापमा म्याराथनको दूरी पूरा हुन्छ ।

 

प्रकाशित :आश्विन २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्