गीत नसुनी निद्रा लाग्दैन

  • कालीप्रसाद बास्कोटा

- साप्ताहिक संवाददाता

आश्विन २६, २०७४-

कुन कुरामा खुसी हुनुहुन्छ ? 

कुनै अर्जेन्ट नभएको बेला वा कामको हतार नभएको क्षणले नै मलाई खुसी बनाउँछ । कुनै कुराको प्रेसर तथा जिम्मेवारी नभएको क्षणमा म खुसी हुन्छु । कामको बेला त म खुसी हुनै सक्दिनँ ।

 

कुन कुराले दु:खी तुल्याउँछ ? 

आवश्यकताभन्दा बढी व्यस्तताले मलाई दु:खी बनाइरहेको हुन्छ । 

के कुरामा रिसाउनुहुन्छ ? 

पत्याउनु हुन्न होला, मलाई रिसाउनै आउँदैन । म असाध्यै कम रिसाउँछु । यस्तो अवस्थामा त रिसाउनु नि...भन्ने साथीभाइहरू पनि छन् । 

रिस उठ्यो भने के गर्नुहुन्छ ? 

रिस उठिहाल्यो भने मलाई दिक्क लाग्छ । दिक्क लागेपछि म एक्लै बस्छु । 

फुर्सदमा के गर्नुहुन्छ ? 

गिटारसँग रमाउँछु । 

आफ्नो दैनिकी बताइदिनुस् न ? 

बिहान अलि ढिला उठ्छु । हल्का व्यायाम गरेर खाना खाएपछि घरबाट बाहिर निस्कन्छु । घर पुग्दा राति ८–९ बजेको हुन्छ । राती दुई–चारवटा गीत नसुनी निद्रा लाग्दैन । 

तपाईंका नराम्रा बानी के–कस्ता छन् ? 

म एस म्यान हुँ  । कसैलाई पनि नाइँ भन्न मन लाग्दैन । सबैलाई हुन्छ भन्ने बानीले कतिपय अवस्थामा मलाई गाह्रो समेत पारेको छ । म भित्रबाट कन्फिडेन्ट छैन, नयाँ काम लिंदा डर लाग्छ । 

 

प्रकाशित :आश्विन २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्