दुई युवाको पदार्पण

- साप्ताहिक संवाददाता

आश्विन २५, २०७४-

पुराना अभिनेता शिव श्रेष्ठका भतिजा मनिषसुन्दर श्रेष्ठ तथा कलाकार सानु ताम्राकारका छोरा शारुख ताम्राकार एउटा नयाँ चलचित्रमार्फत अभिनेताका रूपमा पदार्पण गर्दैछन् । कात्तिक २ गते प्रदर्शनमा आउने चलचित्र रानीमार्फत यी दुई युवाले अभिनय यात्रा प्रारम्भ गर्न लागेका हुन् ।

शारुखका बुवा सानु नेपाली तथा नेवारी चलचित्रका पुराना कलाकार हुन् । निर्देशक दयाराम दाहालले यी दुई युवालाई प्रभावकारी भूमिकामा प्रस्तुत गरेका छन् । काका शिव श्रेष्ठको मार्ग पछ्याउँदै अभियनमा आएका मनिषसुन्दर बाइकर हुन् । दुवै अभिनेताले रानीमा उत्कृष्ट काम गरेको दाबी गरेका छन् ।

चलचित्रमा यी दुई युवासहित मलिना जोशी, अनुपविक्रम शाही तथा सुसन खड्का पनि महत्वपूर्ण भूमिकामा छन् । 

 

प्रकाशित :आश्विन २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्