हाइ हेल्लो भन्दै आए गायक राज

- साप्ताहिक संवाददाता

आश्विन २५, २०७४-

हङकङ आइडलको उपाधि विजेता गायक राज तामाङ आफ्नो एउटा नयाँ पप गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् ।

आफ्नै शब्द तथा संगीतको ‘हाइ हेल्लो...’ शीर्षकको उक्त गीत डान्सिङ शैलीको छ । सञ्जीव बराइलीद्वारा संगीत संयोजन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई पार्टि थिममा छायांकन गरिएको छ ।

भिडियोमा क्रिस्टिना थापा तथा साजन तामाङले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । साजन नृत्यमा आधारित रियालिटी शो छमछमी–२ का विजेता पनि हुन् । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोको निर्देशन मिलन थापाले गरेका हुन् । भिडियोमा साजन थापाको कोरियोग्राफी छ ।

यस्तो छ हाइ हेल्लोको म्युजिक भिडियो  

 

प्रकाशित :आश्विन २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्