मिष्टर युनिभर्सल एम्बेसडरमा झालाई अवार्ड

- साप्ताहिक संवाददाता

आश्विन २५, २०७४- 

हालै इन्डोनेशियाको मकासरमा संचालन भएको अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिष्टर युनिभर्सल एम्बेसडर २०१७’ मा नेपालका तर्फबाट सहभागि भएका प्रवेश झाले ‘वल्र्ड स्पीच कम्पिटिसन’ मा वेष्ट स्पीचको अवार्ड जित्न सफल भएका छन् । 

म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ का फस्ट रनर अप प्रवेश झाले ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ मार्फत् सो प्रतिस्पर्धामा नेपालका तर्फबाट सहभागि हुने अवसर प्राप्त गरेका हुन् । 

मिष्टर युनिभर्सल एम्बेसडर २०१७ को उपाधि भने भियतनामका लुओङ जिया हुइले जितेका छन् । प्रतिस्पर्धामा फिलिपिन्सका पल गुआर्नेस फस्ट रनर अप तथा स्वीडेनका जोहान्स उल्मेफर्स सेकेन्ड रनर अप विजेता चयन भएका थिए । 

 

 

प्रकाशित :आश्विन २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्