सबैभन्दा टाढासम्म उडेको चंगा

- एजेन्सी

आश्विन २४, २०७४-सबैभन्दा ठूलो चंगा  

न्युजिल्यान्डका होल्डर पिटर लिनले उडाएको मेगा फल्याग नामको चंगालाई अहिलेसम्मकै सबैभन्दा ठूलो चंगा मानिन्छ । उक्त चंगा १० हजार ४ सय स्क्वायर फिटको थियो । 

सबैभन्दा टाढासम्म उडेको चंगा

अस्ट्रेलियाका रबर्ट मुरले २३ सेप्टेम्बर २०१४ मा ४ हजार ८ सय ७९ दशमलव ५४ मिटर टाढासम्म चंगा उडाएर सबैलाई अचम्मित तुल्याएका थिए । न्यू साउथ वेल्सको कोबार भन्ने ठाउँमा बस्ने मुर खासमा भेडा गोठाला हुन् । आफ्नो भेडा फार्मबाट चंगा उडाएर उनले उक्त कीर्तिमान कायम गरेका थिए ।  

सबैभन्दा सानो चंगा 

संसारको सबैभन्दा सानो चंगाको आकार ५ मिलिमिटर मात्र थियो । उक्त चंगा जापानमा बनाइएको थियो । 

 

 

प्रकाशित :आश्विन २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्