विवाहचाहिँ सबैले गर्नैपर्ने रै’छ यार !

- संकलक : जीवन भट्टराई

आश्विन २४, २०७४

खडानन्द र साथी ।

साथी : गीताको सार के हो ?

खडानन्द : कर्म गर, फलको आशा नगर ।

साथी : किन ....?

खडानन्द : किनभने फल (फूल) दिनहुँ महँगो हुँदै गएको छ ।

मत्थु खडानन्दले पहिलोपल्ट प्रेसरकुकर किनेर ल्याए अनि भोलिपल्टै फिर्ता गर्न पसलमा पुगे ।

पसले : किन ? के खराबी छ र यसमा ....?

खडानन्द : घरमा तरुनी छोरीहरू छन् । यो साला सिट्टी मार्छ .... सिट्टी नबज्ने खालको प्रेसरकुकर देऊ भाइ मलाई ।

खडानन्द र साथी ।

खडानन्द : विवाहचाहिँ सबैले गर्नैपर्ने रै’छ यार !

हरिबोल : किन र ....?

खडानन्द : यार, खुसी 

मात्र पनि त सबै थोक हैन नि 

 हौ जिन्दगीमा ।

खडानन्द र पत्नी ।

पत्नी : खडु, आज बेलुका खाना खाएर चुडेल (हरर) को फिल्म हेर्ने ल ....?

खडानन्द : ठीकै छ, हुन्छ, त्यो हाम्रो बिहेको सिडी निकालिराख न, सँगै बसेर हेरौंला । 

खडानन्दको छोरो स्कुलको परीक्षामा फेल भयो । साह्रै रिसाए खडानन्द ।

खडानन्द : तैंले गधा 

देख्या छस् ....?

छोरा : देख्या छु ....

खडानन्द : अनि उल्लु ....?

छोरा : देख्या छु ....

खडानन्द : हो त्यही गधा, उल्लुसँग मिल्छ तेरो अनुहार ।

छोरा : मम्मी त, तपाईंसँग मिल्छ भन्नुहुन्छ त ।

घर, गाडी, जग्गा कर्जा चल्या समयमा आफ्नो नियमित ग्राहक खडानन्दलाई बैंकबाट एक्कासि फोन आयो ।

बैंकबाट (फोनमा) : नमस्कार खडानन्दजी, तपाईंलाई चाहिएको छ भने हामी बिना इन्ट्रेस्ट 

लोन दिंदैछौं ।

खडानन्द : हैन हौ, जब तपाईंहरूलाई इन्ट्रेस्ट नै छैन भने किन दिनुहुन्छ लोन....? भो, चाहिएन ।

 

खडानन्द र हरिबोल बाटोमा हिँड्दै थिए । बाटोमा उनीहरूले १ हजारको नोट फेला पारे ।

खडानन्द : अब के गरौं यसलाई ....?

हरिबोल : यसबाट हामीले फिप्टी–फिप्टी लिनुपर्छ ।

खडानन्द : अनि अरू बाँकी ९ सयचाहिँ के गर्ने नि गधा ...????

 

कुरैकुरामा खडानन्द र साथी हरिबोल ।

खडानन्द : मेरो शब्दकोषमा असम्भव भन्ने शब्द छैन ।

हरिबोल : त्यही भएर मैले पहिले नै भन्या हो मूर्ख तँलाई .... जुनसुकै किताब किन्दा पनि प्रत्येक पाना चेक गरेर किन्नुपर्छ भनेर ।

एउटा सुटिङका दौरान, खडानन्दले राजेश हमाललाई भेटेछन् ।

खडानन्द : तपाईंका फ्यान त निक्कै होलान् नि राजेश भाइ ....?

राजेश : (नायकी अन्दाजमा) (हा, हा, हा, हा ....फ्यान हैन खडु दाइ, आजकल मेरो घरमा एसी नै लगाएको छु मैले । 

 

वृद्ध खडानन्द र साथी ।

खडानन्द : मान्छे जति बूढो हुँदै गयो । उतिउति बल (तागत) थपिँदै जाँदो रै’छ ।

साथी : कसरी ....?

खडानन्द : २० वर्षअघि ५ सयको चिनी किन्दा म त्यसलाई बोक्न सक्दिनथें, अहिले त्यही ५ सयको चिनी सजिलैसँग बोक्न सक्छु ।

प्रकाशित :आश्विन २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्