राजधानीमा दिनदहाडै गोली प्रहार गरी निर्माण व्यवसायी संघका अध्यक्षको हत्या

- साप्ताहिक संवाददाता

आश्विन २३, २०७४- 

गोली लागि घाइते भएका  निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ । सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा गाडी भित्रै रहेका गौचनलाई मोटरसाइकलमा आएका २ जनाले गोलीहानेका थिए ।

गोली लागे लगत्तै उनलाई उपचारका लागि काठमाडौंको नयाँबानेश्वर स्थित सिभिल अस्पतालमा उपचारका लागि लगिएको थियो । सिभिल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । 

उनको पेटमा २ गोली लागेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले काठमाडौंको उपत्यकाको चेकजाँचमा समेत कडाइ गरेको छ ।

प्रकाशित :आश्विन २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्