सुजताको यसपालीको तिहार

- साप्ताहिक संवाददाता

आश्विन २३, २०७४-

 

तिहार नजिकिदै गर्दा कलाकारहरु पनि तिहार गीत निकाल्नमा अग्रसर भएका देखिन्छन् । यहि मेसोमा गायिका सुजता केसीले पनि तिहारको गीत सार्वजनिक गरेकी छिन् । दीपक शर्माको शब्द संगीत रहेको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ ।

तीजका गीत गाएर सांगीतिक बजारमा आएकी सुजताले केही एल्वम तथा चलचित्रका गीतमा समेत आफ्नो स्वर भरीसकेकी छिन् । यसपाली भने उनले संगीतकार दीपक शर्मासँगको सहकार्यमा ‘यसपालीको तिहार’ बोलको गीत सार्वजनिक गरेकी हुन् । 

नरेन्द्र वियोगीको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने दीपक रमणले गरेका छन् । एक चलचित्रमा अभिनय समेत गरिसकेकी सुजता आफैं गीतको म्यूजिक भिडियोमा प्रस्तुत भएकी छिन् । 

यसपालीको तिहारको म्यूजिक भिडियो 

प्रकाशित :आश्विन २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्