इन्स्टाग्राममार्फत घुमफिर

- एजेन्सी

आश्विन २३, २०७४-

सामाजिक सञ्जाल धेरैका लागि मनोरञ्जनको साधन रहँदै आएको छ । यही मनोरञ्जनभित्र पनि यसलाई प्रयोग गर्ने तरिका फरक गर्दा कस्तो हुन्छ भन्ने कुरा ट्राभल फोटोग्राफर निकोला इष्टरवेले देखाएकी छिन् । इन्स्टाग्राममा २ लाख ५० हजार मात्र फलोअर रहेकी निकोला आफ्नो यात्राका तस्बिरलाई स्पष्ट रूपमा प्रस्तुत गर्दै तीन वर्षमा पाँच महादेशका ४६ राष्ट्रको भ्रमण गर्न सफल भइन् ।

अस्ट्रेलियाको ब्रिसवनमा अध्ययनरत निकोलाले केही वर्ष स्वयं यात्रा गर्दै विस्तृत रूपमा जानकारीसहित तस्बिर अपलोड गर्न थालिन् । यात्राको अनुभवलाई लिएर ब्लग लेख्न थालेपछि ट्राभल एजेन्सीहरू पनि उनीप्रति आकर्षित हुन थाले र उनलाई यात्रा गराउँदै उनका अनुभवलाई इन्स्टाग्राममार्फत सेयर गराउन थाले । निकोला भन्छिन्— कुनै पनि कुरामा इमानदार हुनुपर्छ, चाहे त्यो राम्रो कुरा भन्न होस् वा नराम्रो कुरा भन्न नै किन नहोस् ।

 

प्रकाशित :आश्विन २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्