रिप्लेस गर्दै टाइगर

- एजेन्सी

आश्विन २३, २०७४-

अभिनेता टाइगर श्राफ बलिउडका पुराना अभिनेताहरूका लागि चुनौती बन्दै गएका छन् । आकर्षक व्यक्तित्व, अब्बल नृत्य तथा जोडदार एक्सनका कारण टाइगरले कम समयमै आफूलाई दरो अभिनेताका रूपमा स्थापित गरिसकेका छन् । यसबीच उनले ब्याक टु ब्याक दुई जना सुपरस्टारलाई दुई नयाँ चलचित्रबाट रिप्लेस गरेको समाचार सार्वजनिक भएको छ ।

चलचित्र रेम्बोको रिमेकमा पहिले रितिक रोशनले अभिनय गर्ने पक्का थियो, अहिले आएर टाइगरले उनको स्थान लिएका छन् । उक्त चलचित्रका निर्माता–निर्देशकले रितिकको स्थानमा टाइगरलाई लिएको घोषणा नगर्दै एउटा अर्को चलचित्रका लागि टाइगरले सलमान खानलाई समेत रिप्लेस गरिदिएका छन् ।

क्षणम शीर्षकको चलचित्रको रिमेकमा अब सलमानको ठाउँ टाइगरले लिनेछन् । 

 

प्रकाशित :आश्विन २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्